नेपालमा १५.८५ लाख स्मार्टफोन भित्रिदा एउटा मात्र बाहिरियो
काठमाण्डौ । नेपालमा ९ महिनाको अवधिमा १५ लाख ८४ हजार ९५८ थान स्मार्टफोन भित्रिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा २५ अर्ब ३८ करोड ४४ लाख ७७ हजार रुपैयाँ बराबरका स्मार्टफोन आयात भएका हुन् । फागुन महिनासम्म भने नेपालमा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँको १४ लाख ७० हजार ७८ थान स्मार्टफोन आयात भएको थियो ।