सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म १३ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १४२.७६ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई दिएको कर्जा पुनर्संरचनाको सहुलियतले सूर्योदय वोमी लघुवित्तको खराब कर्जा...