सगरमाथा क्षेत्रमा बेपत्ता पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित फेला
काठमाण्डौं । सगरमाथा क्षेत्रमा बेपत्ता भएका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि जीवित अवस्थामा फेला परेका छन्। खुम्बू क्षेत्रको कठिन हिमाली भू-भागमा हराएका शेर्पालाई बिहीबार बिहान खोज तथा उद्धार टोलीले खुम्बु आइसफल नजिकै उद्धार गरेको हो।

