अष्ट्रेलियाली कम्पनी एयरट्रङ्कले भारतमा २१.५ अर्ब डलरको विशाल डाटा सेन्टर बढाउने घोषणा
काठमाण्डौं । अष्ट्रेलियामा आधारित डाटा सेन्टर कम्पनी एयरट्रङ्कले भारतको महाराष्ट्र राज्यमा करिब २१ अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढीको विशाल डिजिटल पूर्वाधार परियोजना अघि बढाउने घोषणा गरेको छ । यो लगानीलाई भारतको तीव्र विस्तार भइरहेको टेक्नोलोजी र डाटा पूर्वाधार क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (FDI) मध्ये एकका रूपमा हेरिएको छ ।

