काठमाण्डौ । काठमाण्डौ प्रवेश गर्ने मुख्य मार्गको रुपमा रहेको नागढुङ्गा सडक रातको समयमा बन्द गरिने भएको छ । यो सडक मार्ग वैशाख २२ देखि वैशाख ३१ सम्म राति ११ देखि बिहान ३ बजेसम्म बन्द गरिने नागढुङ्गा–मुग्लिन सडक योजना कार्यालयले एक सूचना जारी गर्दै जनाएको छ ।
त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भईरहेकाले सवारीसाधन आवतजावत रोकिने लागिएको हो । काठमाण्डौ नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाण्डौतर्फ आउने सवारीसाधनलाई खत्रीपौवा पुलमा रोकिने छ । त्यस समयमा सवारीसाधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ ।
साना तथा मझौला सवारीसाधनले सीतापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक प्रयोग गर्न सक्ने सूचनामा उल्लेख छ । त्यस्तै वैकल्पिक बाटोका रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक हुँदै जान सकिने छ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने रोकिने छैन ।