शनिबार, पुष ५,२०८२ 05:47:02
Bizshala
  • शनिबार, पुष ५,२०८२ 05:47:02
Bizshala
Global IME Bank Limited
Bizshala

आउँदैछ ५४ अर्ब बढीको आईपीओ, दोश्रो बजारमा कस्तो पर्ला असर ?

Hyundai Nepal
आउँदैछ ५४ अर्ब बढीको आईपीओ, दोश्रो बजारमा कस्तो पर्ला असर ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओको अनुमति मागेका विभिन्न सेक्टरका कम्पनीहरुको फाइल हेरेर बोर्डले निष्कासनको अनुमति दिइरहेको छ ।  

अहिले बोर्डको पाइपलाइनमा आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीको संख्या ७५ पुगेको छ । आइपीओ निष्कासनको अनुमति माग्ने कम्पनीमा अधिकांश हाइड्रो कम्पनी रहेका छन् । 

CG Motors
Garima Development Bank
Bizshala

धितोपत्र बोर्डको पाइपलाइनमा हालसम्म ७५ कम्पनीको कुल ५४ अर्ब १५ करोड ३१ लाख ८७ हजार रुपैयाँ बराबरको कुल ३७ करोड ४५ लाख २० हजार ३३५ कित्ता आइपीओ रहेको छ ।

धितोपत्र बोर्डले आइपीओ निष्कासनको लागि अनुमति दिएपनि थप कडाई पनि गर्न थालेको छ । बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुको ९० रुपैयाँ भन्दा धेरै नेटवर्थ भएमा अनुमति दिन सक्ने र सो भन्दा कम भएमा तोकिएको नेटवर्थ पुर्याएरमा मात्रै पुनः निवेदन दिन कम्पनीहरुलाई भन्दै आइरहेको छ ।

यसका साथै यता हाइड्रो सेक्टरका कम्पनीहरुलाई बोर्डले विद्युत उत्पादन सुरु गरिनसकेका हाइड्रो कम्पनीहरुले आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन नपाउने व्यवस्था गरेको छ ।  

यसअघि धितोपत्र बोर्डले ९० रुपैयाँभन्दा कम नेटवर्थ भएका कम्पनीलाई पाइपलाइनबाट हटाएको थियो । साथै उक्त कम्पनीहरुलाई तोकिएको नेटवर्थ कायम गरेर पुनः आवेदन दिन बोर्डले भनेतापनि उक्त कम्पनीहरुले पुनः आवेदन दिएका भने छैनन् ।  

बोर्डले आइपीओ अनुमति माग्ने हाइड्रो कमपनीहरुको हकमा व्यापारिक उत्पादन सुरु (कमर्सियल अपरेसन डेट, सीओडी)भएको मितिसहितको विवरण पनि माग्न थालेको छ । बोर्डले आयोजना सम्पन्न नहुँदै आईपीओ निष्कासन गरेर हाइड्रोपावरका संस्थापकले सेयर बजारबाट पैसा उठाउने र लकइन सकिएपछि सर्वसाधारणलाई भिडाएर बाहिरिने विकृति देखिएपछि कडाइ गर्न लागेको हो ।  

बोर्डको यस्तो व्यवस्थाले थोरै नेटवर्थ भएका कम्पनी र हाइड्रो सेक्टरमा देखिएको केही विकृति कम हुने देखिएको छ । क्षमता नभएका कम्पनी दोस्रो बजारमा आउँदा त्यस्ता कम्पनीहरुले लगानीकर्तालाई प्रतिफल दिन नसक्दा लगानी डुब्न सक्ने सेयर विज्ञहरुको भनाई छ ।  

साथै उत्पादन सुरु नगरेका हाइड्रो कम्पनीले आइपीओ जारी गर्न नपाउने र सेयर जारी गर्ने कम्पनीको नेटवर्थ अनिवार्य ९० रुपैयाँ हुनुपर्ने व्यवस्थाले लगानीकर्ताको लगानी सुनिश्चित हुने देखिएको छ ।  

कुन सेक्टरबाट कति आउँदैछ आइपीओ ?

धितोपत्र बोर्डसँग अनुमति माग्ने कम्पनीमा विभिन्न सेक्टरका छन् । जसमध्ये सबैभन्दा बढी हाइड्रो सेक्टरबाट रहेको छ । 

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

अहिले बोर्डको पाइपलाइनमा ३७ वटा हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेका छन् । कम्पनीहरुले १८ अर्ब २६ करोड एक लाख ४० हजार रुपैयाँ बराबरको १७ करोड ८५ लाख २८ हजार ७५४ कित्ता आइपीओ निष्कासनका लागि अनुमति मागेका छन् । जसमा दुई हाइड्रो कम्पनी सेन्चुरी इनर्जी लिमिटेड र नुम्बुर हिमालयन हाइड्रोपावरले भने प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति मागेका छन् ।

त्यस्तै, दोस्रो बढी उत्पादन तथा प्रशोधन समूहबाट रहेको छ । यो समूहबाट कुल १६ वटा कम्पनीले आइपीओ निष्कासनको अनुमति मागेको छ । यो समूहका कम्पनीहरुले २७ अर्ब ४ करो ४९ लाख १६ हजार रुपैयाँ बराबरको १२ करोड ६९ लाख ९२ हजार २७२ कित्ता आइपीओ निष्कासनको अनुमति मागेका छन्।  

यो समूहमा ६ वटा कम्पनीले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति मागेका छन् । जसमा जगदम्बा स्टिल्स्, सौर्य सिमेन्ट इन्डस्ट्रि, मारुती सिमेन्ट, रिद्धिसिद्धी सिमेन्ट, अम्बे स्टिल र हुलास इन्फ्रा लिमिटेड रहेका छन् ।  

त्यस्तै, तेस्रोमा अन्य समूहबाट रहेको छ । यो समूहबाट कुल १० वटा कम्पनीले कुल ३ अर्ब ४३ करोड ८७ लाख रुपैयाँ बराबरको २ करोड ७६ लाख ६५ हजार ५४ कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् । यो समूहमा पनि ३ वटा कम्पनीले प्रिमियम मूल्यमा आइपीओको अनुमति मागेका छन् । जसमा हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी लिमिटेड, कैलाश हेलिकप्टर सर्भिसेस र छायाँ देवि कम्प्लेक्स रहेका छन् ।  

यसका साथै लगानी समूहबाट कुल ४ वटा कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड ८६ लाख ५० हजार ३७५ कित्ता आइपीओ निष्कासनको लागि अनुमति मागेका छन् । जसमा शिवम् होल्डिङ्स लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासनको अनुमति मागेको छ ।  

त्यस्तै, होटल तथा पर्यटन समूहबाट ४ वटा कम्पनीले १ अर्ब ४२ करोड १० लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख १० हजार कित्ता, लघुबीमा समूहबाट तीन कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ बराबरको ६७ लाख ५० हजार कित्ता र विकास बैंक समूहबाट सालपा विकास बैंकले १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपीओ निष्कासनको अनुमति मागेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.