बुधबार, बैशाख २,२०८३ 06:01:39
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:01:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक, मूल्य कति ?

Bizshala
अत्याधुनिक फिचरसहित पोको एक्स-८ सिरिज सार्वजनिक, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । नेपालका लागि पोकोको आधिकारिक विक्रेता टेलिटकले नेपाली बजारमा आफ्नो बहुप्रतिक्षित पोको एक्स-८ सिरिज अन्तर्गत दुई स्मार्टफोन पोको एक्स-८ प्रो ५ जि र एक्स-८ प्रो म्याक्स ५जि सार्वजनिक गरेको छ। 

पोको एक्स-८ प्रो ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ८५००-अल्ट्रा प्रोसेसर छ, जसले उत्कृष्ट प्रदर्शनसँगै ब्याट्री पनि कम खपत गर्छ। यसमा ६५००mAh पावरको ठूलो ब्याट्री, १००W हाइपरचार्ज र २७W रिभर्स चार्जिङ सुविधा उपलब्ध छ। यसमा ५०MP मुख्य क्यामेरा, ८MP अल्ट्रावाइड क्यामेरा र २०MP को फ्रन्ट क्यामेरा भएकाले तस्विर खिच्दा वा भिडियो बनाउँदा उत्कृष्ट अनुभवको महसुस गर्न सकिन्छ। 

डिस्प्लेमा ६.५९ इन्चको १.५के रेजोलुसनसहित १२०Hz अल्ट्रा-ब्राइट एमोलेड स्क्रिन छ, जसमा उच्च ब्राइटनेस र डिमिङको फिचरसमेत उपलब्ध छ। यसबाहेक पोको एक्स-८ प्रो ५जि मा IP६८ को रेटिङको सुविधा भएकाले पानी र धुलोबाट बचाउनुका साथै लामो समयसम्म टिकाउ राख्न मद्दत गर्नेछ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

त्यस्तै पोको एक्स-८ प्रो म्याक्स ५जि मा फ्ल्यागसिप डाइमेनसिटी ९५००एस चिपसेट जडान गरिएको छ। यसमा ८५००mAh क्षमताको शक्तिशाली ब्याट्री, १००W हाइपरचार्ज, २७W रिभर्स चार्जिङको सुविधा भएकाले दुई दिनसम्म ब्याट्री टिक्न सक्ने कम्पनीको दाबी छ। यस स्मार्टफोनमा ६.८३ इन्चको १.५के १२०Hz अल्ट्रा-ब्राइट एमोल्ड डिस्प्ले रहेकोछ। ५०MP मुख्य क्यामेरा, ८MP अल्ट्रा-वाइड क्यामेरा र २०MP फ्रन्ट क्यामेरा रहेको छ। यसमा पनि IP६८ डस्ट तथा वाटर रेसिस्टेन्सको सुविधासँगै स्प्ल्याश, ड्रप, बेन्ड र प्रेसरबाट थप सुरक्षा प्रदान गर्दछ।

टेलिटकका कार्यकारी निर्देशक प्रतीक जालानले भने, “पोको एक्स-८ सिरिज केवल गेम खेल्नेका लागि मात्र होइन, यो उनीहरूका लागि डिजाइन गरिएको हो जसले हरेक कुरामा उत्कृष्टता खोज्ने गर्छन्। 

यसमा रहेका असाधारण फिचरहरू फ्ल्यागसिप स्तरको प्रोसेसिङ पावर, आकर्षक डिस्प्ले, टिकाउसहितको डिजाइन, क्रिएटिभिटी र विश्वसनीयतालाई सन्तुलनमा राख्ने छ। यसमा डुअल-लेन्स क्यामेरा, डाइनामिक आरजीबी लाइटिङ र हाइपर एआईको सहयोगमा उच्चस्तरको तस्विर खिच्न सकिनेछ।”

CG Motors
Garima Development Bank
IME remit

पोको एक्स-८ प्रो ५जि दुई भेरियन्टमा उपलब्ध छ। ८जीबी+२५६जीबी भेरियन्टको बजार मूल्य रु. ६३,९९९ तोकिएको छ र १२+५१२ जीबीको मूल्य रु. ७३,९९९ रहेको छ। यी दुवै भेरियन्टहरू कालो, हरियो र सेतो रङमा उपलब्ध छन्।

त्यसैगरी,  एक्स-८ प्रो म्याक्स ५जि १२+२५६जीबी को मूल्य ७९, ९९९ र १२+५१२जीबीको मूल्य ८९,९९९ रुपैयाँ तोकिएको छ। यी दुवै भेरियन्टहरू निलो, कालो र सेतो रङमा उपलब्ध छन्।

ग्राहकहरूको सुविधाका लागि पोकोले ९ महिनासम्मको इएमआई र १ वर्षको ब्रान्ड वारेन्टीको सुविधा दिइएको छ। यी दुवै स्मार्टफोनहरू टेलिटकका आधिकारिक शोरुम, देशभरका आउटलेट र दराजबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.