आईतवार, जेष्ठ १७,२०८३ 01:44:04
Bizshala
  • आईतवार, जेष्ठ १७,२०८३ 01:44:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तिलगंगा आँखा प्रतिष्ठान र बिपीकेआइएचएसबीच सहकार्य सम्झौता

Laxmi Sunrise Bank Limited
तिलगंगा आँखा प्रतिष्ठान र बिपीकेआइएचएसबीच सहकार्य सम्झौता
Shivam Cement

काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच विभिन्न क्षेत्रहरुमा शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना,शैक्षिक कार्यक्रम, व्यवसायिक क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका क्षेत्रहरुमा संस्थागत आदान प्रदान प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षार गरिएको छ ।  

यस सहकार्यले दुवै संस्थाबीच शैक्षिक,अनुसन्धान तथा सेवा प्रवाहलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ । उक्त सम्झोैतापत्र अनुसार तिलगंगा आँखा प्रतिष्ठानका प्राध्यापकहरुद्धारा बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नियमित रुपमा आँखाको विभिन्न उपविशेषज्ञता सेवा अन्तर्गत ओपिडी तथा शल्यक्रिया संचालन गर्नेछन ।  

Bizshala
New Office
CG Motors

साथै प्राध्यापकहरु तथा रेसिडेन्टहरुका लागि शैक्षिक कक्षा संचालन गरिनेछ । आरओपी स्क्रिनिङ्ग, उपविशेषज्ञ शल्यक्रिया तथा लेजर सम्बन्धी तालिम प्रदान गरिनेछ ।  क्लिनिकल तथा सामुदायिक आँखा स्वास्थ्यका विभिन्न क्षेत्रहरुमा बीपीकेआइएचएसलार्ई  सहकार्यत्मक अनुसन्धान केन्द्रका रुपमा समावेश गरी संयुक्त अनुसन्धान कार्यक्रम संचालन गरिनेछ ।  

यसैगरि  बीपीकेआइएचएसका रेसिडेन्टहरुलाई विभिन्न उपविशेषज्ञ क्लिनिकहरुमा क्लिनिकल पोस्टिङ्गको व्यवस्था गरिनेछ । प्रतिष्ठानका प्राध्यापकहरुले बीपीकेआइएचएसद्धारा संचालन गरिने प्राध्यापक क्षमता अभिवृद्धि तालिममा सहभागिता जनाउनेछन् साथै प्रतिष्ठानका प्राध्यापकहरुले बीपीकेआइएचएस परिसरमा नियमित रुपमा चिकित्सकिय शिक्षा कार्यक्रम संचालन गरिनेछ जसमा पूर्वी क्षेत्रका अन्य आँखा अस्पतालहरुलाई आमन्त्रण गरी सक्रिय सहभागीता गराइनेछ । त्यस्तै आँखा जाँच शिविर तथा शल्यक्रिया शिविरहरु आयोजना गरिनेछ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

प्रतिष्ठानमा आयोजित सम्झौतापत्र हस्ताक्षार तथा आदानप्रदान कार्यक्रममा दुवै संस्थाका विभिन्न पदाधिकारीहरुको उपस्थितीमा प्रतिष्ठानका तर्फबाट कार्यकारी प्रा. डा. सन्दुक रुइटले र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा.विक्रम प्रसाद श्रेष्ठले हस्ताक्षार गरेका हुन् ।  

यस सहकार्यले दुवै संस्थाबीच दीर्घकालीन शैक्षिक, अनुसन्धान तथा सेवा साझेदारीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.