बुधबार, बैशाख २,२०८३ 06:14:03
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:14:03
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बढ्ने सबै पक्ष सकारात्मक’

Bizshala
२०८३ को पहिलो कारोबार दिन ३३ अंकले बढ्यो नेप्से, जानकार भन्छन्, ‘बजार बढ्ने सबै पक्ष सकारात्मक’
Shivam Cement

काठमाण्डौ । नयाँ वर्ष २०८३ सालको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ ।  

नेप्सेमा सूचीकृत २ अर्ब ६३ करोड ३१ लाख १ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४७ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज सबै समूहमा हरियाली छाएको छ । सर्वाधिक बढ्नेमा होटल तथा पर्यटन समूह रहेको छ । यो समूहको आज ३.१६ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह १.३० प्रतिशत, विकास बैंक समूह १.५३ प्रतिशत, फाइनान्स समूह १.२१ प्रतिशत, हाइड्रो समूह २.१४ प्रतिशत, लगानी समूह ०.८९ प्रतिशत, जीवन बीमा समूह ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.६४ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३९ प्रतिशत, व्यापार समूह २.३३ प्रतिशत र अन्य समूह ०.१० प्रतिशतले बढेको छ ।  

आजको बजारबारे सेयर लगानीकर्ता तथा बजार जानकार प्रकाश रजौरेले पूँजीबजार बढ्नका लागि सबै कुराहरु सकारात्मक रहेकाले नयाँ वर्षको सुरुवातमै बजारमा हरिलायी छाएको बताए ।  

‘विशेषगरी बजारलाई लगानीकर्ताको मनोवैज्ञानिक पक्षले प्रभाव पार्ने हुँदा अहिले लगानीकर्ताहरुमा कन्फिडेन्ट बढेको देखिन्छ, साथै पूँजीबजार सुधारका लागि सरकार समेत सकारात्मक देखिएकाले लगानीकर्ताहरु उत्साहित छन्,’ उनले भने, ‘यसबाहेक चैत मसान्तको दबाब सकिएकाले पनि आज बजारमा कारोबार रकममा समेत सुधार देखिएको छ ।’

पूँजीबजार बढ्ने आधारहरु सकारात्मक रहेकाले आगामी दिनमा बजारमा क्रमिक सुधार आउने उनले बताए ।  

‘बजार बढ्नका लागि आधारहरु सबै सकारात्मक छन्, जस्तै, बैंकहरुमा तरलता फालाफाल र ब्याजदर घट्दै गएको छ, साथै सरकारले आफ्नो कार्ययोजनामा पूँजीबजारलाई प्राथमिकता दिनु र बैंकहरुले सेयरबजारमा लगानीको चासो देखाउनु बजारको लागि सकारात्मक पक्ष हो’ उनले भने, ‘साथै ब्रोकरहरुको मार्जिन लेन्डिङमा बैकहरुले अप्रुभल दिइसकेको छ, यसले डे टु डे ट्र्यान्जक्सनमा सर्पोट गर्छ, मार्केटमा डिमाण्ड बढाउँछ ।’  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सर्वाधिक कमाउने कम्पनी  

आज ७ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा रिज लाइन इनर्जी रहेको छ । यो कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर १०३५.१० रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटल फरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्ट कम्पनीको सेयरभाउ पनि १० प्रतिशतले बढेको छ ।

यता, सुपर खुदी हाइड्रोको ९.९९ प्रतिशत, शिखर पावर डेभलपमेन्टको ९.९७ प्रतिशत, सोलु हाइड्रोपावरको ८.६३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ५.५३ प्रतिशत र ओरियन्टल होटल्स लिमिटेडको ५.१४ प्रतिशतले बढेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

सर्वाधिक गुमाउने कम्पनी  

आज सर्वाधिक गुमाउनेमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ । यो कम्पनीको सेयरभाउ ५.६१ प्रतिशतले घटेर ४५३० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, उपकार लघुवित्तको ४.४४ प्रतिशत, सनराइज ब्लुचिप फण्डको २.७७ प्रतिशत, माईखोला हाइड्रोपावरको २.२२ प्रतिशत, सालपा विकास बैंकको २.१७ प्रतिशत, ग्लोबल आइएमई डिबेञ्चरको २ प्रतिशत, १०% प्राइम डिबेञ्चरको १.९८ प्रतिशत, १०.२५% एबीबीएल डिबेञ्चरको १.९३ प्रतिशत, १०.५०% एभरेष्ट बैंकको डिबेञ्चरको १.९२ प्रतिशत र नेशनल हाइड्रोपावरको १.९० प्रतिशतले घटेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.