सेयरबजारमा झिनो अंकको सुधार, कारोबार रकम घट्यो
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ५.८२ अंकले बढेर २७८२.१८ विन्दुमा कायम कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको २ करोड १३ लाख १८ हजार ९२९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८१ करोड ९७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । नेप्सेमा रहेका १३ समूहमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूहमा रातो पोतिएको छ ।...

