काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४८.८२ रुपैयाँ र बिक्रीदर १४९.४२ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७५.४० रुपैयाँ र बिक्रीदर १७६.११ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०१.६० रुपैयाँ र बिक्रीदर २०२.४१ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०६.७३ रुपैयाँ र बिक्रीदर १०७.१६ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३६ रुपैयाँ र बिक्रीदर ९.४० रुपैयाँ,एक युएई डिरामको खरिददर ४०.५२ रुपैयाँ र बिक्रीदर ४०.६८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.८२ रुपैयाँ र बिक्रीदर २१.९१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.६४ रुपैयाँ र बिक्रीदर ३७.७९ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.८२ रुपैयाँ र बिक्रीदर ४०.९८ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१२ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८६.०२ रुपैयाँ र बिक्रीदर ४८७.९८ रुपैयाँ कायम भएको छ ।

