बढ्यो डलरको भाउ, यूरो र पाउण्ड पनि बढे
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १५२.८४ रुपैयाँ र बिक्रीदर १५३.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १५२.१३ रुपैयाँ र बिक्रीदर १५२.७३ रुपैयाँ कायम थियो । आज यूरो र पाउण्डको भाउ समेत बढेको छ ।

