डलरको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.९२ रुपैयाँ र बिक्रीदर १३७.५२ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३६.४७ रुपैयाँ र बिक्रीदर १३७.०७ रुपैयाँ कायम थियो ।