शुक्रबार, बैशाख १८,२०८३ 10:24:18
Bizshala
  • शुक्रबार, बैशाख १८,२०८३ 10:24:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

Pre-Budget ICT Discourse 2083 सम्पन्न: नीतिगत स्पष्टता, बजेट वृद्धि र सहकार्य

Bizshala
Pre-Budget ICT Discourse 2083 सम्पन्न: नीतिगत स्पष्टता, बजेट वृद्धि र सहकार्य
Shivam Cement

काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै आयोजित “Pre-Budget ICT Discourse 2083” कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त बजेट, कर प्रणालीमा सहजीकरण र प्रभावकारी सार्वजनिक–निजी सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

ICT Foundation Nepal द्वारा आयोजित उक्त कार्यक्रममा सरकारी अधिकारी, निजी क्षेत्र, प्राविधिक विज्ञ तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घोषणा संगमले गरेका थिए । ICT Foundation Nepal का अध्यक्ष राजन लम्सालले ICT क्षेत्रको विकासका लागि निजी क्षेत्र, सरकार र अन्य स्टेकहोल्डरबीच सहकार्य अपरिहार्य रहेको बताए ।

कृष्पना पौडेलले ICT Foundation ले गरेका गतिविधिबारे जानकारी दिँदै ICT लाई गाउँदेखि नीतिनिर्माण तहसम्म जोड्ने प्लेटफर्म बनाउने लक्ष्य रहेको उल्लेख गरिन् ।

टक्सार  न्युजका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले ICT क्षेत्रको योगदान अझै औपचारिक रूपमा मान्यता नपाएको बताए । उनले सन् १९९८–९९ मा ICT सम्बन्धी समाचार लेख्दा त्यसलाई गम्भीरतापूर्वक नलिइएको स्मरण गर्दै अहिले पनि अवस्था खासै नबद्लिएको बताए ।

उनका अनुसार अर्बौंको कारोबार भइरहेको भएपनि सरकारी तथ्यांकमा ICT को योगदान न्यून देखिन्छ । उनले ठूलो राष्ट्रिय बजेट हुँदा हुँदै पनि ICT क्षेत्रमा न्यून लगानी रहेको, innovation budget सीमित भएको र घरेलु बजारमै समस्या रहेको उल्लेख गरे ।

यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपाल ICT क्षेत्रमा संक्रमणकालीन अवस्थामा रहेको बताए । उनले IT उद्योगको स्पष्ट परिभाषा अझै नबनेको र नीति निर्माण प्रक्रियामा चुनौती रहेको उल्लेख गरे । उनका अनुसार सरकारले पछिल्लो समय वेबसाइट तथा डिजिटल प्रणाली सुधार गर्न थालेको भएपनि अझै धेरै काम गर्न बाँकी छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नीतिगत र कानुनी समस्या 

इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटका अध्यक्ष मनोहर भट्टराईले डिजिटल अर्थतन्त्रमा ठूलो सम्भावना भएपनि नीतिगत अस्पष्टता, डेटा सुरक्षा अभाव र कमजोर कानुनी संरचनाले काम गर्न कठिन भएको बताए । उनले सरकारी सेवा प्रणाली जटिल भएको भन्दै ‘single form’ र ‘one-step system’ लागू गर्नुपर्ने बताए । Data center, digital infrastructure र विभागीय समन्वय सुधार गर्नुपर्नेमा उनले जोड दिए ।

लगानी, पूर्वाधार र रोजगारी

NAS-IT का अध्यक्ष गौरव राज पाण्डेले १० वर्षमा ICT क्षेत्रबाट ठूलो आर्थिक योगदान सम्भव भएपनि हालको अवस्थामा रोजगारी सिर्जना चुनौतीपूर्ण रहेको बताए । उनले उच्च bandwidth tax, कमजोर पूर्वाधार र लगानीमैत्री वातावरणको अभाव ICT विकासको मुख्य बाधा भएको बताए । साथै AI क्षेत्रमा अवसर भएपनि शिक्षा र रोजगारीसँग जोडेर नीति बनाउनुपर्नेमा जोड दिए ।

डिजिटल भुक्तानी र वित्तीय चुनौती

ICT विज्ञ तथा मोडरेटर आनन्दराज खनालले डिजिटल भुक्तानी प्रणाली अझै समस्याग्रस्त रहेको बताए । Cross-border payment सहज नभएको, PayPal जस्ता सेवाहरू भित्र्याउन नसकिएको र राजनीतिक तथा साइबर सुरक्षासम्बन्धी चुनौती रहेको उनले बताए । उनले मौद्रिक नीति र सरकारी नीतिबीच समन्वय आवश्यक रहेको बताए ।

CG Motors
Garima Development Bank
IME remit

सुशासन र डिजिटल रूपान्तरण

पूर्वमन्त्री गणेश साहले डिजिटल रूपान्तरणलाई सुशासनसँग जोड्दै ICT र गैर-ICT क्षेत्र दुवैमा सुधार आवश्यक रहेको बताए । उनले ICT globalization मा ध्यान दिनुपर्ने बताए ।

राउण्ड टेबल छलफल हेमपाल श्रेष्ठको समन्वयमा सम्पन्न भएको थियो । छलफलमा डा. अमृता शर्मा (ADB) ले ICT क्षेत्रमा नारा मात्र नभई पर्याप्त बजेट आवश्यक रहेको बताइन् । “बजेट अभाव विगतदेखि कै समस्या हो,” उनले भनिन् ।

डा. भोजराज घिमिरेले skilled manpower उत्पादनका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए । अन्तिम समयमा काम गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।

सरोज लमिछाने साइबरसुरक्षा विशेषज्ञले software standardization, audit framework र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने बताए । उनले सरकारी समन्वय र benchmark प्रणाली आवश्यक रहेको बताए ।

भूषण गिरी (Arkbo Technologies) ले नेपालमा स्टार्टअप कर्जा अत्यन्त कम भएको भन्दै product-based IT उद्योग विकास गर्नुपर्ने बताए । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि ठूलो लगानी आवश्यक रहेको उनको भनाइ थियो ।

सुबास ढकाल (DoIT) ले ICT नीति ढिलो कार्यान्वयन भएको स्वीकार गर्दै public-private partnership आवश्यक रहेको बताए । तर कार्यान्वयनमा स्पष्ट योजना र accountability अभाव रहेको उनले बताए ।

प्रकाशचन्द्र परियार (RSP) ले आगामी बजेटमार्फत ICT र नवप्रवर्तनलाई प्राथमिकता दिइने बताए । IT सेवा र अन्य क्षेत्रबीच कर समान हुनु अनुचित भएको उनले उल्लेख गरे ।

सञ्जीव सुब्बा (Kathmandu FinTek) ले Fintech क्षेत्रमा राम्रो सम्भावना भएपनि नीति, कानुन र privacy अभाव रहेको बताए ।

केशव नेपाल (WorldLink) ले ISP क्षेत्रमा अत्यधिक कर र जरिवाना लगाइएको भन्दै व्यवसाय सञ्चालन कठिन भएको बताए । सरकारले सहयोगी भूमिका खेल्नुपर्ने उनको माग थियो ।

प्रा. डा. मनीष पोखरेल (KU) ले ICT क्षेत्रमा नेपालले अत्यन्त कम बजेट छुट्याएको भन्दै शिक्षा, अनुसन्धान र AI विकासमा लगानी बढाउनुपर्ने बताए ।

सुनैना घिमिरे पाण्डे (CAN Federation) ले IT क्षेत्रमा ठूलो रोजगारी सम्भावना भए पनि कर र नीतिगत समस्याले बाधा पुगेको बताइन् । AI, cyber security र digital marketing मा प्रशिक्षण आवश्यक रहेको उनले बताइन् ।

शैलेन्द्रराज गिरी (AI Association) ले AI विकासका लागि private sector सँग सहकार्य र capacity building आवश्यक रहेको बताए । विकास गुरुङ (Robotics Association) ले विद्यालय तहदेखि रोबोटिक्स शिक्षा सुरु गर्नुपर्ने र कर छुट आवश्यक रहेको बताए ।

दीपेन चापागाईं (NAS-IT) ले कर नीति स्थिर हुनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सरकारी सहयोग आवश्यक रहेको बताए ।

सुदन झा (National Planning Commission) ले विदेशी लगानी आकर्षित गर्न विश्वास निर्माण गर्नुपर्ने र सरकारले सहयोगी वातावरण बनाउनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरूले ICT क्षेत्र नेपालको आर्थिक विकासको प्रमुख आधार बन्न सक्ने भए पनि नीतिगत अस्पष्टता, बजेट अभाव, करको बोझ, कमजोर कार्यान्वयन र समन्वय अभावले विकास अवरुद्ध भएको निष्कर्ष निकालिएको थियो ।

सार्वजनिक–निजी सहकार्य, स्पष्ट नीति, पर्याप्त बजेट, डिजिटल साक्षरता, साइबर सुरक्षा र लगानीमैत्री वातावरण निर्माण गर्न सके नेपालले ICT क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्नेमा सबै सहभागीहरू एकमत देखिएका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.