बुधबार, असार १८,२०८२ 08:18:58
  • बुधबार, असार १८,२०८२ 08:18:58
Global IME Bank Limited

यो साता नेप्सेको चार्टमा बन्यो ‘वियरिस इन्गिल्फिङ प्याट्रन’, आगामी साता कस्तो होला बजार ?

Hyundai Nepal
यो साता नेप्सेको चार्टमा बन्यो ‘वियरिस इन्गिल्फिङ प्याट्रन’, आगामी साता कस्तो होला बजार ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता  सेयर बजारमा ५ दिन कारोबार भयो । पाँच दिनमा बजार ३ दिन बढ्यो भने २ दिन घट्यो । अघिल्लो साता २ हजार ९६.३२ को विन्दु मा बन्द भएको बजार यो साता २ हजार ६२.०३  मा बन्द भयो । यस हिसावले यो साता दोस्रो बजारमा ३४.२९ अंकको गिरावट आयो । अघिल्लो साता भने बजार २९.३१ अंकले बढेको थियो ।  यो साता दोस्रो बजारमा २०.४६ अर्बको कारोबार भयो । अघिल्लो साता दोस्रो बजारमा १४.३० अर्बकोे कारोबार भएको थियो ।  

यस हिसाबले समग्रमा यो साता दोस्रो बजारमा नेप्से परिसूचक घट्यो भने सेयर कारोबार बढ्यो । यो साता बजार पूँजीकरण ३२ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ । गत साता बजार पूँजीकरण ३२ खर्ब ४८ अर्ब रुपैयाँ थियो । यस हिसावले यो साता नेप्से परिसूचक र बजार पूंजीकरण दुबै घटेको छ  ।  

प्राविधिक पक्षः  

क्याण्डल स्टिकको आधारमा  

क्याण्डल स्टिकको इतिहास हेर्ने हो भने १८ औं शताब्दीमा जापानका एक धान व्यापारी म्युनिहोसा होमाले यो विश्लेषण प्रतिपादन गरेको पाइन्छ । सूरुमा कमोडिटिज बजारमा यसको प्रयोग भएता पनि १९ औं शताब्दी पछि पश्चिमा राष्ट्रहरुले फिवोनाकीको  विकास गरि क्याण्डल स्टिकको प्रयोग एडाभान्स रुपमा सेयर बजारमा पनि गरेको पाइन्छ । यसले अन्य इन्डिकेटर भन्दा छिटो संकेत दिने गर्छ । दुई वा दुई भन्दा बढी क्याडण्लहरुको संयोजनबाट क्याण्डल स्टिक प्याट्रन बन्ने गर्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

साप्ताहिक रुपमा अघिल्लो साता र यो साता बनेका २ वटा क्याण्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ । यसले सम्भावित घट्दो बजारलाई संकेत गर्छ । ( हेर्नुहोस हरियो एरो ) 

यस अघि पनि शुटिङ स्टार र वियरिस इन्गिल्फि  प्रकृतिका क्याण्डल स्टिक प्याट्रन बने पछि बजार खसेको थियो । ( हेर्नुहोस माथि मूख्य तस्बिरमा ४ वटा  राता एरोहरु ) यस हिसावले क्याण्डल स्टिकबाट हेर्दा आगामी साता पनि बजारमा बिक्री दबाव पर्न सक्ने देखिन्छ । तर यो साता २०६२ को विन्दुमा बन्द भएको बजार आगमी साता २१३० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा भने बजारले पुनः माथिको यात्रा तय गर्न पनि सक्छ । यद्यपी त्यस्तो हुने सम्भावना भने कमै देखिन्छ ।  

बोलिङगर ब्यान्ड म्याक्डी तथा आरएसआईको आधारमा  

साप्ताहिक  रुपमा बजारलाई बोलिङगर ब्यान्डमार्फत हेर्दा अघिल्लो साता अपर ब्यान्ड छोएर खसेको बजार मध्य ब्यान्डतर्फ आर्कषित भएको देखिन्छ । त्यो भनेको करिब १ हजार ९९० को विन्दुमा देखिन्छ । साप्ताहिक  रुपमा नै म्याक्डीमार्फत हेर्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।

तर हिस्टोग्राम छोटा–छोटा र फिक्का बन्दै गरेका छन् । आरएसआई पनि हाल ५३ को न्युट्रल जोनमा चलेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा बजारमा बिक्री दवाब परेको र अझै पर्न सक्ने देखिन्छ । साप्ताहिक रुपमा हेर्दा बजार घट्दा कारोबार पभने बढेको देखिन्छ ।  

पिभट विश्लेषणः

पिभट विश्लेषण  भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२१७२

प्रतिरोध २ –२१३९

प्रतिरोध १– २११८

पिभट प्वइन्टः २०८५

घटेमा सपोर्ट  

सपोर्ट १– २०६५

सपोर्ट २– २०३१

सपोर्ट  ३ –२००९

निष्कर्षः यो साता पाँच कारोबारमध्ये ३ दिन बजार बढ्यो भने २ दिन घट्यो । समग्रमा बजारमा ३४.२९ अंकको गिरावट आयो । अर्थात नेप्से सूचक घट्यो भने सेयर कारोबारमा बढोत्तरी आयो  । बजारलाई डाउ थेउरीमार्फत नियाल्दा यो साता पनि अघिल्लो साताको जस्तै २ हजार १२१ को विन्दु भन्दा माथि बन्द भएर नयाँ हाएर हाइ बनाउन पनि सकेको अबस्था छैन । २ हजार ६०  भन्दा  तल खसेर नयाँ लोवर लो पनि बनाउन सकेको अबस्था पनि छैन । 

यद्यपि यो साता बजारमा बिक्री दबाव पर्दा करिब ३४ अंक घट्यो । बजार घट्दा कारोबार भने बढ्यो । यो त्यति राम्रो संकेत भने होइन । अघिल्लो साता बोलिङगरको अपर ब्याण्ड छोएर खसेको बजार अब मध्य ब्याण्ड सम्म आउन सक्छ । त्यो भनेको १ हजार ९९० को विन्दुसम्म पनि हुन सक्छ ।  

साप्ताहिक रुपमा अघिल्लो साता र यो साता बनेका २ वटा क्याण्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा वियरिस इन्गिल्फिङ प्याट्रन बनेको छ । यसले सम्भावित घट्दो बजारलाई संकेत गर्छ । ( हेर्नुहोस हरियो एरो ) ।

 यस अघि पनि शुटिङ स्टार र वियरिस इन्गिल्फि प्रकृतिका क्याण्डल स्टिक प्याट्रन बने पछि बजार खसेको थियो । ( हेर्नुहोस माथि मूख्य तस्बिरमा ४ वटा राता एरोहरु ) यस हिसावले क्याण्लल स्टिकबाट हेर्दा आगामी साता पनि बजारमा बिक्री दबाव पर्न सक्ने देखिन्छ । तर यो साता २ हजार ६२ को विन्दुमा बन्द भएको बजार आगमी साता २ हजार १३० भन्दा माथि टिकेर कारोबार भएको खण्डमा भने बजारले पुनः माथिको यात्रा तय गर्न पनि सक्छ । यद्यापि त्यो सम्भावना भने कमै देखिन्छ

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.