आज सुनको मूल्य घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबारको कारोबारमा सुनको मूल्य ६ सय रुपैयाँले घटेको छ । यसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो ।