सुन बजारमा झट्का : भन्सार दोब्बर, तोलामै १५ हजार रुपैयाँसम्म महँगिने
काठमाण्डौ । सरकारले सुन आयातमा लाग्ने भन्सार महसुल एकैपटक दोब्बर बनाएपछि नेपाली बजारमा सुनको मूल्यले नयाँ उचाइ लिन सक्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनको भन्सार महसुल १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याउने घोषणा गरेका हुन्।सरकारले यसअघि लगाइएको २ प्रतिशत विलासिता कर भने पूर्ण रूपमा खारेज गरेको छ। तर विलासिता कर...

