शनिबार, श्रावण ३१,२०८२ 02:20:45
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 02:20:45
छिमेक लघुवित्तले कमायो रु.१.२१ अर्ब नाफा, लाभांश क्षमता ६४.८४%
STOCK MARKET

छिमेक लघुवित्तले कमायो रु.१.२१ अर्ब नाफा, लाभांश क्षमता ६४.८४%

काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्थाको लाभांश क्षमता बढेर ६४.८४ प्रतिशत पुगेको छ । अघिल्लो आवमा लाभांश क्षमता ५५.१८ प्रतिशत रहेको यो संस्थाको यस्तो अवस्था गत आवमा बढेर ६४.८४ प्रतिशत पुगेको छ । संस्थाको खुद नाफा र वितरणयोग्य मुनाफा वृद्धि हुँदा लाभांश क्षमता बढेको हो ।संस्थाको खुद नाफा २८.४३ प्रतिशत बढेर १ अर्ब २१ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा भने संस्थाले ९४...

रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित
STOCK MARKET

रिभर फल्सको नाफा ९८% ले घटेर १०.७९ लाखमा सीमित

काठमाण्डौ । रिभर फल्स पावर लिमिटेडको नाफामा ९८.२९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० लाख ७९ हजार खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाले ६ करोड ३३ लाख रुपैयाँबराबरको कुद नाफा कमाएको थियो ।  कम्पनीको आम्दानी भने बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले २१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २९.२६ प्रतिशतले बढी हो ।...

नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार
STOCK MARKET

नेष्डो समृद्ध लघुवित्तको लाभांश क्षमता ५८.०४%, अन्य सूचकमा देखियो सुधार

काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आफ्नो झण्डै शतप्रतिशत कम गरेको छ । अघिल्लो आवमा १२ करोड १७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो संस्थाले गत आवमा भने ९१.७० प्रतिशत कम गरेर एक करोड मात्रै घाटा ब्यहोरेको छ । संस्थाले गत आवको अन्त्यसम्म २९ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा १८.४० प्रतिशत कम हो । अघिल्लो आवमा संस्थाले ३५...

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?
STOCK MARKET

साना किसान लघुवित्तको वितरणयोग्य मुनाफा १.७५ अर्ब, नाफा र ईपीएसको अवस्था कस्तो ?

काठमाण्डौ । साना किसान लघुवित्तको वित्तीय अवस्था खस्किएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले १ अर्ब ७९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १७.७५ प्रतिशतले कम हो ।  खुद ब्याज आम्दानी घटेसँगै संस्थाको खुद नाफा समेत घट्न पुगेको छ । अघिल्लो आवमा ९२ करोड १९ लाख रहेको खुद नाफा ४.६९...

जीवन विकास लघुवित्तको लाभांश क्षमता नै ६२.४०%, नाफा र इपीएस उल्लेख्य वृद्धि
STOCK MARKET

जीवन विकास लघुवित्तको लाभांश क्षमता नै ६२.४०%, नाफा र इपीएस उल्लेख्य वृद्धि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २५२.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले २१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा बढेसँगै संस्थाले गत आवको लागि ९५ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशत बढी हो...

ङादी ग्रुपको नाफामा ३२% को संकुचन, आम्दानीमा समेत कमी
STOCK MARKET

ङादी ग्रुपको नाफामा ३२% को संकुचन, आम्दानीमा समेत कमी

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको आम्दानीमा आएको गिरावटका कारण नाफा घटेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ३२.४७ प्रतिशतले कम हो ।  अघिल्लो आवमा कम्पनीले २ करोड ५३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  अघिल्लो आवमा १० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले समीक्षा...

ओरियन्टल  होटल्सको नाफामा भारी गिरावट, खर्च पनि घट्यो
STOCK MARKET

ओरियन्टल होटल्सको नाफामा भारी गिरावट, खर्च पनि घट्यो

काठमाण्डौ । ओरियन्टल होटल्स लिमिटेडको नाफामा भारी गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा २ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७६.१५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले १ अर्ब ७ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन...

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
STOCK MARKET

प्रभु क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डले लाभांश घोषणा गरेका छन् । प्रभु स्मार्ट फण्ड र प्रभु सेलेक्ट फण्डले गत आवको मुनाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका हुन् ।  प्रभु सेलेक्ट फण्डले १२ प्रतिशत नगद लाभांश र प्रभु स्मार्ट फण्डले १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।  

डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%
STOCK MARKET

डिप्रोक्स लघुवित्तको नाफा ३३२.३०% वृद्धि, लाभांश क्षमता ३२.४६%

काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफा ३३२.३० प्रतिशतले बढेको छ । अघिल्लो आवमा १५ करोड ९८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको खुद ब्याज आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा संस्थाले १ अर्ब ८३ करोड ५८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको तुलनामा ३४.४५...

तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?
STOCK MARKET

तीन साता लगातार घटेको बजार सपोर्ट जोन नजिक, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । यो साता आइतबार गाईजात्राको सार्वजनिक बिदा परेका कारण सेयर बजारमा ४ दिन मात्रै कारोबार भयो । अघिल्लो साता ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ४ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने १ दिन मात्रै बढ्यो ।  अघिल्लो साता २ हजार ८५०.३७ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७८८.३६ को विन्दुमा बन्द भएको छ  । यस हिसाबले यो साता बजार ६२.०१ अंकले घट्यो । अघिल्लो साता...

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो
STOCK MARKET

अन्तिम १५ मिनेटको व्यवस्था हटाउन लगानीकर्ताको माग, बजारको सेन्टिमेन्ट बिगारेको गुनासो

काठमाण्डौ । लगानीकर्ताले सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्य हटाउन नेप्सेसमक्ष माग राखेका छन् । पूँजीबजारका सक्रिय लगानीकर्ता आदित्य पौड्यालले अन्तिम १५ मिनेटको व्यवस्था हटाउन आग्रह गर्दै साउन ३० गते नेप्सेमा निवेदन दिएका हुन् ।  नेप्सेले लागू गरेको अन्तिम १५ मिनेटको व्यवस्था अवैज्ञानिक भएको र यसले पूँजीबवजारको विकास र स्थायित्वलाई नै प्रभाव पारेको...

अघिल्लो आवमा घाटामा रहेको मकर जितुमाया सुरीद्वारा ४.९४ करोड नाफा आर्जन
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको मकर जितुमाया सुरीद्वारा ४.९४ करोड नाफा आर्जन

काठमाण्डौ । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३३ लाख ४ हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म ३७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४७.७३ प्रतिशतले बढी हो ।  

पियोर इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

पियोर इनर्जीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आठौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ २४ गते काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

बेष्ट फाइनान्सले कमायो २०.७७ लाख नाफा, वितरणयोग्य मुनाफा ३० करोड बढीले ऋणात्मक
STOCK MARKET

बेष्ट फाइनान्सले कमायो २०.७७ लाख नाफा, वितरणयोग्य मुनाफा ३० करोड बढीले ऋणात्मक

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको बेष्ट फाइनान्स कम्पनी लिमिटेड नाफा कमाउन सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २० लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६ लाख घाटामा थियो ।  यो अवधिमा कम्पनीले १३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १५.३१ प्रतिशतले बढी हो ।  यस्तै...

खर्च नियन्त्रण गर्दै चन्द्रागिरी हिल्सले बढायो नाफा
STOCK MARKET

खर्च नियन्त्रण गर्दै चन्द्रागिरी हिल्सले बढायो नाफा

काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले खर्च नियन्त्रण गर्दै नाफा बढाएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १९ करोड ९९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  नाफा बढेतापनि कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी १०.७६ प्रतिशतले घटेर ७८ करोड २४ लाखमा...

आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास
STOCK MARKET

आम्दानीमा कमी आएसँगै एचआईडीसीएलको नाफा ३२% ले घट्यो, ईपीएसमा समेत ह्रास

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) नाफा ३२.९५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ९७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?
STOCK MARKET

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ६३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवको अन्त्यसम्म ५ करोड २० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले विद्युत बिक्री गरेर गत आवमा २८ करोड २६ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।यो आम्दानी अघिल्लो आवको तुलनामा सामान्य वृद्धि हो । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड २६...

राधी विद्युत कम्पनीको नाफा ३०९.३८% ले बढ्यो, इपीएसमा रु.१५.३७ को ग्रोथ
STOCK MARKET

राधी विद्युत कम्पनीको नाफा ३०९.३८% ले बढ्यो, इपीएसमा रु.१५.३७ को ग्रोथ

काठमाण्डौ । राधी विद्युत कम्पनीले ३०९.३८ प्रतिशतले नाफा ग्रोथ गरेको छ । अघिल्लो आवमा जम्मा ९ करोड २७ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवमा ३७ करोड ९८ लाख रुपैयाँ कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी उल्लेख्य बढेपछि नाफा वृद्धिमा टेवा पुगेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर १२ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनाममा ३२.३४...

‘एनआई ३१’ को सार्वजनिक निष्कासन आजदेखि
STOCK MARKET

‘एनआई ३१’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने दोस्रो खुलामुखी योजना  ‘एनआई ३१ ’ को इकाई बिक्री आजदेखि खुला गरिएको छ । नबिल बैंक कोष प्रवद्धक र नबिल इन्भेष्टमेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को २ करोड ५० लाख  इकाइको बिक्री आवेदन खुला गरिएको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने १ करोड ५० लाख...

आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट
STOCK MARKET

आम्दानी घटेसँगै सान्भी इनर्जीको नाफामा ६७% को गिरावट

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको नाफामा ६७.६१ प्रतिशतको गिारवट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा  भने कम्पनीले ८ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले २१ करोड १५ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.०२ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको आम्दानी...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.