एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । बैठकले आव २०८१/८२ को सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश(बोनस सेयरमा लाग्ने कर समेत) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको हो ।

