दशैंमा पाएको दक्षिणा फजुल खर्च होइन, बीमा गरे हुनेछ जीवन सुरक्षित
काठमाण्डौ । नेपालीहरुको महान चाड विजयादशमी नजिकिँदै छ । विशेषगरी दशैं पर्वलाई एउटा सद्भावको पर्वको रुपमा पनि लिइन्छ । यो पर्वमा आफुभन्दा ठूलाबडाको हातबाट टिका जमरा थापेर आशिष लिने गरिन्छ । अभिभावक अर्थात् ठूलाहरुले टिका लगाई दक्षिणा दिनेसमेत चलन छ । तर दशैंमा टिका लगाएर पाएको दक्षिणा रकम हामी फजुल खर्च गरिरहेका हुन्छौं । दक्षिणाबाट पाएको थोरै–थोरै रकम जम्मा गरेर...

