नेशनल लाइफको सर्वाधिक नेपाल रि मा लगानी, गत आवमा किन्यो रु.४९.४९ करोडको सेयर
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक नेपाल रि इन्स्योरेन्स कम्पनीमा लगानी रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा नेपाल रि को सेयरमा मात्रै कुल ४९ करोड ४९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।यसअघि कम्पनीले नेपाल रि को सेयरमा लगानी गरेको थिएन । कम्पनीले गत आवमा उक्त कम्पनीको कुल ३ लाख ९२ हजार ८०३ कित्ता सेयर खरिद गरेको जनाएको छ ।गत आवमा कम्पनीले सूचीकृत...

