मञ्जुश्री फाईनान्सको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । विभिन्न संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न निवेदन दिएकाले सञ्चालक समितिको बैठकको निर्णयानुसार उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

