अपि पावरको नाफामा ९३२% को उछाल, आम्दानी र ईपीएसमा पनि उल्लेख्य वृद्धि
काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी र नाफामा उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९३२.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत १ अर्ब २४ करोड रुपैयाँ खुद आम्दानी...

