लसुनको मूल्य ३७% ले घट्यो, घिउ सिमी र हरियो प्याजको भने बढ्यो
काठमाण्डौ । सुकेको लसुन(नेपाली)को मूल्य घटेको छ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार सुकेको लसुनको मूल्य ३७ प्रतिशतले घटेको छ । यससँगै सुकेको लसुनको औषत प्रतिकेजी मूल्य १७० रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने यसको औषत प्रतिकेजी मूल्य २७० रुपैयाँ थियो ।

