धादिङ कारागारमा कैदीबन्दीको भाग्ने प्रयास, सेनाको गोली प्रहारमा दुईको मृत्यु, सात घाइते
काठमाण्डौ ।धादिङ जिल्ला कारागारमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।गोली लागेर दुई कैदीबन्दीको ज्यान गएको छ।
TRENDING
काठमाण्डौ ।धादिङ जिल्ला कारागारमा कैदीबन्दीहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।गोली लागेर दुई कैदीबन्दीको ज्यान गएको छ।
काठमाण्डौ । जेनजीको विभिन्न समूहबीच अन्तरिम सरकारको प्रमुखको रुपमा अगाडि बढाउने नामको विषयमा आपसी असहमति देखिएको छ । जेनजीको एउटा ठूलो समूहले अन्तरिम सरकारको प्रमुखको रुपमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि बढाउनुपर्ने निर्णय गर्दै सोही व्यहोराको जानकारी नेपाली सेनालाई पठाइसकेको छ ।
काठमाण्डौ । नयाँ परिस्थितिसँगै बन्न लागेको अन्तरिम सरकारको नेतृत्व लिन पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तयार भएकी छिन् । प्रधानसेनापति अशोक सिग्देलसँग विभिन्न चरणको वार्तामा सहभागी भइसकेका जेन-जी प्रतिनिधिहरुले आफूहरुको भर्चुअल बैठकबाट कार्कीको नाममा सहमति जुटाएको र सो विषय कार्कीलाई जानकारी गराएपछि उनी अन्तरिम सरकारको नेतृत्व लिन तयार भएकी हुन् ।
काठमाण्डौ । सागर ढकालले जेनजी समूहलाई कोही नभए मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको बताएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै कुनैपनि पदका आशा नराख्ने समेत बताएका छन् ।
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । उक्त बैठक आज राती ८ बजेदेखि भर्चुअल माध्यमबाट बस्नेगरी बोलाइएको हो ।
काठमाण्डौ । जेनजीको भर्चुअल बैठकमा सहभागीहरुले अन्तरिम सरकारको सम्भावित प्रधानमन्त्रीको रुपमा चर्चा गरिएका बालेन शाहले कैयौ पटक फोन गर्दा पनि रेसपोन्स नगरेको गुनासो गरेका छन् । जेनजीको भर्चुअल बैठकको संक्षिप्त माइन्यूट सार्वजनिक भएको हो । जसमा भावी प्रधानमन्त्रीको रुपमा बालेन शाहको धारणा बुझ्न पटक पटक कल गर्दा पनि उनले फोन रेसपोन्स नगरेका दाबी गरिएको छ ।
काठमाण्डौ । कक्षा १२ को मौका (पूरक) परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै भदौ २८ र २९ गते सञ्चालन हुने मौका परीक्षा स्थगित गर्ने निर्णय गरेको जनाएको छ ।
काठमाण्डौ । जेनजीले नेपाली सेनासँग निर्णायक वार्तामा बस्नका लागि एउटै वार्ता टोली बनाउन, अन्तरिम सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय टुंग्याउन र जेनजीको नेतृत्व कसले गर्ने भन्ने विषयमा निश्कर्ष निकाल्न नसकेपछि अन्यौल बढेको छ । जेनजी नामको आन्दोलनमा सहभागी दर्जनौ समूहहरुले आफूहरु आधिकारिक समूह भएको दाबी गर्दै नेपाली सेनासम्म छलफलका लागि प्रस्तावहरु पुर्याएका छन् ।...
काठमाण्डौ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ काठमाण्डौ आईपुगेका छन् । जेनजी प्रदर्शनका कारण सिर्जित विषम परिस्थितीकाबीच मेयर साम्पाङ आज काठमाण्डौ आई पुगेका हुन् । उनले फेसबुकमार्फ आफू राजधानी आईपुगेको जानकारी दिएका छन् ।
काठमाण्डौ । जेनजी अभियन्ताले रक्षा बमले प्रधानसेनापति अशोकराज सिग्देलले आफूहरुलाई दुर्गा प्रसाईं र रास्वपा समूहसँग वार्तामा बस्न दबाब दिएको बताएकि छन् । उनले फेसबुकमा एउटा स्टाटस पोष्ट गर्दै यस्तो बताएकि हुन् । दुर्गा प्रसाईं र रास्वपा समूह पनि प्रदर्शनको स्टेकहोल्डर भएकाले उनीहरुसँग पनि वार्तामा सँगै बस्नुपर्ने प्रधानसेनापति सिग्देलले बताएपछि आफूहरु नेपाली...
काठमाण्डौ । सुन्धारास्थिति केन्द्रीय कारागारबाट पूर्व उप–प्रधान तथा पूर्वउर्जा मन्त्री टोपबहादुर रायमाझी पनि भागेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी सुन्धारा कारागारबाट भागेका हुन् । कारागारमा रहेका ३८ सय कैदीमा ३३ सय भन्दा बढी कैदी बुधबार फरार भएका छन्, जसमा रायमाझी पनि फरार भएका हुन् ।
काठमाण्डौ । मंगलबार कालिमाटीमा प्रहरीले चलाएको गोली लागेका एक व्यक्तिको निधन भएको हो । मृत्यु हुनेमा उदयपुरका ३० वर्षीय देवकुमार सुवेदी रहेका छन् । उपचारको क्रममा उनको आज अस्पतलामा निधन भएको हो ।
काठमाण्डौ । जेनजी प्रतिनिधिसँगै मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५/१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको छ । उक्त प्रतिनिधि मण्डलसँगै व्यवसायी दुर्गा प्रसाईं पनि जंगीअड्डामा पुगेका हुन् ।
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु गर्ने निर्णय भएको छ । जेनजी आन्दोलनपश्चात बन्द रहेको त्रिभुवन विमानस्थल आज बसेको विमानस्थल सुरक्षा समितिको बैठकले सुचारु गर्ने निर्णय गरेको हो ।विमानस्थलबाट हिजोबाट उडानहरु बन्द गरिएको थियो ।
काठमाण्डौ । जेनजी प्रतिनिधिहरु नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका छन् । जेनजी समूहका १५÷१६ जनाको समूह आज सेनाको मुख्यालयमा पुगेको हो । भ्रष्ट्राचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार र मंगलबार सडक तताएका जेनजी समूहलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवादका लागि आह्वान गरेका थिए । सोही क्रममा आज जेनजी समूहका युवाहरु सैनिक मुख्यालयमा गएका हुन्े ।...
काठमाण्डौ। होटल संघ नेपालले पर्यटकको आवागमनलाई सहजीकरण गर्दै पर्यटनमैत्री वातावरण बनाउन आह्वान गरेको छ । संघले एक सूचना जारी गर्दै यस्तो आह्वान गरेको हो । विज्ञप्तिमा भनिएको छ,‘विद्यमान विषम परिस्थितिबाट देशभर निषेधाज्ञा जारी भएको र विमानस्थल बन्द भई पर्यटक यात्रुहरूको भ्रमण अनिश्चित भएको हुँदा प्राथमिकताका साथ यथाशक्य छिटो व्यवस्थापन गर्नु देशको छवि र पर्यटनको...
काठमाण्डौ । काठमाण्डौ विश्वकै दोस्रो प्रदुषित शहरको सूचीमा परेको छ । जेनजीको आन्दोलनको क्रममा भएको आगजनीबाट उत्सर्जित धुवाँ धुलोका कारण काठमाण्डौ आज विश्वकै दोस्रो प्रदुषित शहर बनेको हो ।
काठमाण्डौ । महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केटमा भएको लुटपाटमा संलग्न ४ जना पक्राउ परेका छन्।
काठमाण्डौ । नेपाली सेनाले जेनजीको आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकाय वा सुरक्षाकर्मीलाई बुझाउन आग्रह गरेको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
काठमाण्डौ । ललितपुरको ढोलाहिटीस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा मंगलबार आगजनी भएको छ। सोही घटनामा एक पुरुषको जलेको अवस्थामा शव फेला परेको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.