पशुपतिनाथ मन्दिरमा अराजक समूह प्रवेश गर्न खोजेपछि सेना परिचालन, 'लुटपाटको उद्देश्य'ले ढोका फोड्ने प्रयास
काठमाण्डौ । पशुपतिनाथ मन्दिर क्षेत्रमा केही अराजक समूहले ढोकामा तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रण गर्न नेपाली सेनाको टोली परिचालित भएको छ। सैनिक प्रवक्ता राजाराम बस्नेतले घटनास्थलमा सेनाको टोली पुगिसकेको पुष्टि गरेका छन्।

