विद्याथी संगठनमाथिको प्रतिबन्धमा नेकपाको आपत्ति
काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीले सरकारले विभिन्न स्थानमा सुकुम्वासीलाई उठिबास गराएको छ र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति जनाएको छ । सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्वासी परिवारलाई कुनै उचित विकल्पबिना उठिबास गराउने र झुप्रा भत्काउने काम गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीले गम्भीर आपत्ति जनाएको हो ।

