लामिछानेको मुद्दामा सर्वोच्चको आदेश: अभियोग फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा
काठमाण्डौ । सर्वोच्च अदालत ले रवि लामिछाने विरुद्ध दायर सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग हटाउने निर्णयविरुद्ध परेको रिट पूर्ण इजलासमा पठाउन आदेश दिएको छ।न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले उक्त विषय गम्भीर प्रकृतिको भएको भन्दै पूर्ण इजलासबाट अन्तिम सुनुवाइ आवश्यक ठहर गरेको हो।

