नयाँ सरकारपछि अमेरिकी कूटनीतिक सक्रियता बढ्यो, उपविदेशमन्त्री रोजर्स काठमाडौंमा
काठमाण्डौं । नेपालमा नयाँ राजनीतिक समीकरण बनेपछि अमेरिकाको उच्चस्तरीय कूटनीतिक सक्रियता बढेको संकेत देखिएको छ । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीति हेर्ने उपविदेशमन्त्री सारा बी रोजर्स नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी छन् ।

