पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता
काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५ लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर...