बिहीबार, भाद्र ५,२०८२ 07:45:08
  • बिहीबार, भाद्र ५,२०८२ 07:45:08
Global IME Bank Limited

पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता

Hyundai Nepal
पूँजीबजारबाट चालु आवको पहिलो महिनामै सरकारले उठायो २ अर्ब १५ करोड राजश्व, धेरै कर तिर्नेमा अल्पकालिन लगानीकर्ता
Shivam Cement

काठमाण्डौ । सरकारले यस आर्थिक वर्षको पहिलो महिनामा पूँजी बजारबाट २ अर्ब १५ करोड ७५  लाख ६९ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको छ । सीडीएससीले दिएको तथ्यांकअनुसार सरकारले संकलन गरेको यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा भने कम हो । अघिल्लो आर्थिक वर्षमा सरकारले साउन महिनामा करिब ४ अर्ब २४ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।  

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन कारोबारी देखिएका छन् । यो अवधिमा अल्पकालिन लगानीकर्ताहरुले  १ अर्ब २१ करोड ४१ लाख रुपैैयाँबराबरको कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ६५ करोड २ लाख तिरका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस अवधिमा संस्थागत लगानीकर्ताहरुले २९ करोड ३१ लाख कर तिरेका छन् । गत महिना २ अर्ब बढी राजश्व उठ्नुको कारण पूँजीबजार चलायमान हुनु तथा प्राथमिक सेयरको निष्कासन दोस्रो बजारमा आएसँगै लगानीकर्ताले सेयर बेच्नु हो ।  

धितोपत्र ऐनअनुसार एक वर्ष भन्दा कम समय अवधिमा सेयर बेच्नेलाई अल्पकालिन र एक वर्षभन्दा बढी समय अवधिमा सेयर बेच्नेलाई दीर्घकालिन लगानीकर्ता भनेर छुट्टाइएको छ । जसअनुसार अल्पकालिन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालिन लगानीकर्ताले ५ प्रतिशत कर तिर्दै आएका छन् । संस्थागत लगानीकर्ताहरुले भने हाल १० प्रतिशत कर तिर्दै आएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.