‘इनसाइडर ट्रेडिङ’को आशंका: सीआईबीले रोक्यो ५६ जनाको कारोबार
काठमाण्डौ । नेपालको पुँजीबजारमा फेरि एउटा ठूलो अनुसन्धान सुरु भएको संकेत देखिएको छ । नेपाल प्रहरीको Central Investigation Bureau (सीआईबी) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) लाई ५६ जना व्यक्तिको सेयर कारोबार रोक्का राख्न र विस्तृत कारोबार विवरण उपलब्ध गराउन औपचारिक पत्राचार गरेपछि बजार वृत्तमा तरंग सिर्जना भएको हो ।सीआईबीले धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको सम्भावित कसुरमा अनुसन्धान अघि...

