आज यी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहने अनुमान छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा र बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ ।

