सरकारको कुल खर्च ४.६८ खर्ब, नगद मौज्दात २.०२ खर्ब
काठमाण्डौ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२÷८३ को चौथो महिनासम्ममा नेपाल सरकारको कुल खर्च ४ खर्ब ६८ अर्ब ८८ करोड रहेको छ ।समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड, पूँजीगत खर्च २५ अर्ब ३१ करोड र वित्तीय व्यवस्था खर्च १ खर्ब २२ अर्ब ५८ करोड रहेको छ ।

