गोर्खाज फाइनान्स १२.७३ करोड घाटामा, खराब कर्जा अनुपात १६.१० प्रतिशत पुग्यो
काठमाण्डौ । खुद ब्याज आम्दानी घटेसँगै र इम्पेयरमेन्ट चार्ज बढेसँगै गोर्खाज फाइनान्स लिमिटेड घाटामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १२ करोड ७३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड २३ लाख नाफामा थियो । कम्पनीको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ३० करोड ४१ लाख रुपैयाँ खुद ब्याज...