बुधबार, असार १८,२०८२ 10:24:05
  • बुधबार, असार १८,२०८२ 10:24:05
Global IME Bank Limited

गोर्खाज फाइनान्सको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा

Hyundai Nepal
गोर्खाज फाइनान्सको साधारण सभा आज,यस्ता छन् मुख्य अजेण्डा
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्सको लिमिटेडको दुई आवको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको गत फागुन २ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको २८ औं र २९ औं साधारण सभा आयोजना हुन लागेको हो ।  

उक्त सभा बत्तिसपुतली काठमाण्डौमा रहेको अन्पम फुडल्याण्ड एण्ड बैंक्वेटमा दिउसो १ बजे आयोजना हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

उक्त सभामा लाभांशको कुनै अजेण्डा पेश हुनेछैन । सभामा संस्थाको प्रबन्धपत्रको दफा ४(थ) र दफा ५(घ) मा संशोधन गर्ने तथा सो का लागि नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोहि बमोजिम गर्ने प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०७८/७९ र २०७९/८० का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । सभामा चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।    

वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन १८ गतेदेखि चैत २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.