ऋण असुली गर्न गएका ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो र कुटपिट
काठमाण्डौ । सप्तरी जिल्लाको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारी ऋणसम्बन्धी कामका लागि फिल्डमा जाँदा गम्भीर दुर्व्यवहारको शिकार भएका छन्। कर्जा असुलीको सिलसिलामा पुगेका बैंकका प्रतिनिधिमाथि कालोमोसो दल्ने, कुटपिट गर्ने तथा गालीगलौज गर्ने घटना भएको हो।

