भन्सार छलीको आशंकामा कोरला नाकाबाट ७७४ ईभी सशस्त्र प्रहरीको नियन्त्रणमा
काठमाण्डौं । भन्सार छली गरी नेपाल भित्र्याइएको हुन सक्ने आशंकामा सशस्त्र प्रहरी बल नेपालले ७७४ वटा विद्युतीय सवारीसाधन (ईभी) नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार ती सवारीसाधन मुस्ताङको कोरला नाका हुँदै नेपाल प्रवेश गरेको देखिएको छ।

