मधेश प्रदेश राजनीतिमा नयाँ मोड, जसपा बाहिरिँदा एमाले सरकारमा, मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै
काठमाण्डौं । मधेश प्रदेशको राजनीतिमा पछिल्ला केही सातादेखि तीव्र उतारचढाव देखिएको बेला मुख्यमन्त्री कृष्णप्रसाद यादव आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा छन्।जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उत्पन्न राजनीतिक संकटका कारण यादव नेतृत्वको सरकार संविधानअनुसार पुनः बहुमत प्रमाणित गर्ने अवस्थामा पुगेको हो।

