मिड सोलु हाईड्रोपावरको नाफा ४८९.९४% ले वृद्धि, रिजर्भको आकार पनि ७०३.६३% ले बढ्यो
काठमाण्डौ । मिड सोलु हाईड्रोपावर लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरणअनुसार कम्पनीले १३ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४८९.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले २ करोड २३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको...