नेपाल बैंकका दुई सञ्चालकहरूको राजीनामा स्वीकृत
काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सञ्चालक समितिका अध्यक्ष तथा स्वतन्त्र सञ्चालक प्रा. डा. डिल्लीराज शर्माले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।उनले वैशाख २४ देखि लागू हुने गरी सञ्चालक समितिको अध्यक्ष तथा स्वतन्त्र सञ्चालक दुवै पदबाट राजीनामा दिएका थिए। सो राजीनामा सञ्चालक समितिको जेठ १ गते बसेको बैठकले स्वीकृत गरेको बैंकले जनाएको छ।

