Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:35:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल बैंकद्वारा २.७९ अर्ब खुद नाफा आर्जन, खुद ब्याज आम्दानी र ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
नेपाल बैंकद्वारा २.७९ अर्ब खुद नाफा आर्जन, खुद ब्याज आम्दानी र ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा झिनो सुधार आएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै उक्त अवधिमा २ अर्ब ७९ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको जनाएको छ ।  

यो रकम अघिल्लो आवमा बैंकले आर्जन गरेको २ अर्ब ७८ करोडको तुलनामा ०.३४ प्रतिशतले मात्रै बढी हो ।  

Bizshala
New Office
CG Motors

यस्तै बैंकको खुद ब्याज आम्दानी पनि ७ अर्ब १० करोडबाट बढेर ७ अर्ब ७ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो आवमा ७५ करोड ३९ लाख रहेको बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेर ६८ करोड ४३ लाखमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १२.५२ प्रतिशतले बढ्दै ४ अर्ब ८५ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३२ करोड १३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हो । वितरणयोग्य मुनाफा बढेसँगै बैंकको लाभांश क्षमता पनि २.७८ प्रतिशतबाट बढेर २.९२ प्रतिशत पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

अघिल्लो आवको तेस्रो त्रैमाससम्म १ अर्ब ४१ करोड रुपैयाँ रहेको बैंकको रिटेन्ड अर्निङ ३२ करोड १३ लाख रुपैयाँले धनात्मक बनेको छ । यो अवधिमा रिजर्भको आकार पनि २४ अर्ब १३ करोडबाट बढेर २५ अर्ब ६ करोड पुगेको छ ।  

बैंकको कस्ट अफ फण्ड ३.९६ प्रतिशतबाट घटेर ३.१३ प्रतिशतमा सीमित बनेको छ । यस्तै खराब कर्जा अनुपात पनि ५.४५ प्रतिशतबाट घटेर ४.९६ प्रतिशतमा झरेको छ । बेस रेट पनि ५.९६ प्रतिशतबाट झरेर ४.७१ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)२५.३४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ, पीई रेसियो १०.९७ गुणा र तरलता अनुपात ४१.०३ प्रतिशत कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.