एनएलजी इन्स्योरेन्सले कमायो रु.१६.११ करोड नाफा, व्यवसाय ४६.६२% वृद्धि
काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा १६ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा ९.६६ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले १४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी वृद्धि हुँदा नाफा बढ्न टेवा पुगेको हो ।कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरेर गत आवमा १ अर्ब ५२ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो...