काठमाण्डौ । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीहरुका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २६ गते शुक्रबारका दिन बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट २.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१३१५७९ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।