प्रधानमन्त्री शाहको खुलासा: ‘नेपालले पनि केही ठाउँमा भारतीय भूमि मिचेको तथ्य भेटियो’
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई एकपक्षीय रूपमा मात्र हेर्न नहुने भन्दै नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको तथ्य सरकारलाई जानकारीमा आएको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सीमा समस्यालाई भावनात्मक नाराभन्दा पनि तथ्य, नक्सा, इतिहास र कूटनीतिक संवादका...

