१३ देशका लागि राजदूत नियुक्तिमा करिब चार हजार आवेदन, एउटै व्यक्तिबाट पनि बहु–आवेदन
काठमाण्डौं । परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धामार्फत १३ मुलुकका लागि राजदूत छनोट गर्ने प्रक्रिया अघि बढाएसँगै ठूलो संख्यामा आवेदन परेको छ । मन्त्रालयका अनुसार करिब तीन हजार आवेदकबाट झन्डै चार हजार दरखास्त प्राप्त भएका छन् ।

