राष्ट्रियसभामा आठ अध्यादेश यसै साता निर्णयार्थ पेस हुने
काठमाण्डौं । सङ्घीय संसद्अन्तर्गतको माथिल्लो सदन राष्ट्रियसभाले सरकारले जारी गरेका आठवटै अध्यादेशमाथि यसै साता निर्णय प्रक्रिया अघि बढाउने गरी सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रियसभामा सत्तारूढ गठबन्धनको स्पष्ट बहुमत नरहेको र प्रमुख प्रतिपक्षी दलहरूले अध्यादेशविरुद्ध अस्वीकार प्रस्ताव दर्ता गराइसकेको अवस्थामा अध्यादेशलाई निर्णयार्थ पेस गर्ने...

