नेपालमै पहिलोपटक सुरु भयो रिभर ट्यूबिङ
काठमाण्डौ। नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि नयाँ गन्तव्यको रूपमा देखा परेको जनाइएको छ । यो सेवामा सहभागी पर्यटकहरूलाई ठूला र बलिया रबर ट्यूबमा बसेर नदीको प्राकृतिक बहावसँगै रमाइलो गर्ने अवसर मिल्ने रिभर ट्युबिङ नेपालका फाउण्डर यमन माझीले बताए ।...