सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदमा पुनः आवेदन खुला
काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त सञ्चालक समिति अध्यक्ष पदका लागि पुनः आवेदन आह्वान गरेको छ । मन्त्रालयअन्तर्गत गठन गरिएको अध्यक्ष नियुक्ति सिफारिस समितिले नयाँ सार्वजनिक सूचना जारी गर्दै योग्य, सक्षम तथा निर्धारित मापदण्ड पूरा गरेका नेपाली नागरिकबाट दरखास्त माग गरेको हो ।

