आम्दानीमा कमी आउदा सगरमाथा जलविद्युतको नाफा ४८% ले घट्यो
काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।