बुधबार, असार १८,२०८२ 07:41:41
  • बुधबार, असार १८,२०८२ 07:41:41
Global IME Bank Limited

सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट

Hyundai Nepal
सगरमाथा जलविद्युत कम्पनीको खुद नाफा २१.९७% ले बढ्यो,ईपीएसमा ३७.७९% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीको मुनाफामा २१.९७ प्रतिशतको उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको हो ।  

CG Motors
Muktinath Bikas Bank Limited

अघिल्लो आवसम्म कम्पनीके खुद मुनाफा ५ करोड ४० लाख रुपैयाँ थियो ।  

यस्तै समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट १६ करोड ३३ लाख रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको १५ करोड ९७ लाख को तुलननामा २.२६ प्रतिशतले बढी हो ।  

कम्पनी प्रशासनिक खर्च घटाउन सफल देखिएको छ । समीक्षा अवधिसम्म कम्पनीले ४.१५ प्रतिशतले प्रशासनिक खर्च घटाउदै ६१ लाख १० हजार रुपैयाँमा सीमित पारेको छ । यद्यपी कम्पनीके वित्त खर्च भने ८.६८ प्रतिशतले बढ्दै ५ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।  

यसैगरी कम्पनीको चुक्तापूँजी ९६.०८ प्रतिशतले बढेको छ । यो वृद्धिसंगै कम्पनीको चुक्तापूँजी १ अर्ब १२ करोड पुगेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी भने ३७.७९ प्रतिशतले घट्दै ११.७७ रुपैयाँमा सीमित भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.