सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कमायो रु.४०.३२ करोड नाफा, प्रिमियम २ अर्ब
काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले गत आवमा ४० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो आवको तुलनामा १२.५३ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले ४६ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । नाफा घटेपनि कम्पनीको व्यवसाय भने २२.८६ प्रतिशतले बृद्धि भएको छ ।अघिल्लो आवमा १ अर्ब ७२ करोड २ लाख रुपैयाँ मात्रै प्रिमियम संकलन गरेको सलिकोले गत आवमा भने २...